ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति पक्राउ
वि.सं.२०८० जेठ १८ बिहीवार १८:१२
4.81K
shares
shares

काठमाडौं । ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवास बस्ने ४० वर्षीय नरेश चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिरहा कर्जन्हा नगरपालिका-१० बगाहा खोलाको पुल मुनी तनहुँ पोखरी भन्ज्याङ घर भई नवलपरासी साविक आदर्श बस्ने २५ वर्षीया कल्पना परियार २०७० असोज २९ गते बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा नरेश चौधरी संलग्नता खुल्न आएपछि सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवासमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई थप आवश्यक कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ।































