कार्यकर्ता पढाउन थाले माओवादी नेता

6.6K
shares

खोटाङ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले मावि तहको पार्टी स्कुल सुरु गरेको छ । जिल्लाका १० वटै पालिका कमिटिका पदाधिकारी, प्रदेश सदस्य, प्रदेश विभाग सदस्य, जिल्ला समन्वय समिति सदस्य, जनवर्गीय संगठनका प्रमुख, पेशागत संगठनका अध्यक्ष, निर्वाचित पालिका प्रमुख र उपप्रमुखलाई सहभागी गराएर दुई दिने पार्टी स्कुल कक्षा सुरु गरेको हो ।

प्रशिक्षित गर्दै नेता तथा कार्यकर्ताको सैद्धान्तिक, वैचारिक र संगठनात्मक स्तर उकास्ने लक्ष्यका साथ माओवादी केन्द्रले परिक्षा मार्फत मूल्यांकन गर्नेगरी पार्टी स्कुलको आयोजना गरेको हो । पार्टी स्कुल शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव एबं स्कुल बिभाग प्रमुख गिरीराजमणि पोखरेलले उद्घाटन गरेका छन् ।

May be an image of 5 people, temple and text

मार्क्सवादी दर्शन, वैज्ञानिक विश्व दृष्टिकोणको सापेक्षतामा कार्यकर्तालाई प्रशिक्षित गरी पार्टीको काममा परिचालित गर्ने गरी पार्टी स्कुल सञ्चालन गरिएको नेकपा माओवादी केन्द्र पार्टी स्कुल संयोजन समिति खोटाङ संयोजक टंक थापाले बताए । पालिका तहमा पुगेर प्राथमिक तहको पार्टी स्कुल चलाउनका लागि प्रशिक्षक उत्पादन गर्नेगरी मावि तहको पार्टी स्कुल कक्षा आयोजना गरिएको हो ।

पार्टी स्कुलको पहिलो दिन पार्टीको बैचारिक, राजनैतिक र संगठनात्मक कार्यदिशा बारे उपमहासचिव एबं स्कुल बिभाग प्रमुख पोखरेल, पहिचान र संघीयताका बारेमा अनुशासन आयोगका केन्द्रीय अध्यक्ष टंक राई, संस्कृति र सांस्कृतिक रुपान्तरणका बारेमा डा. धनप्रसाद सुवेदी, समावेशिता र समानुपातिक नीतिका बारेमा ध्रुव श्रेष्ठले प्रशिक्षकको भूमीका निर्वाह गर्ने छन् ।

May be an image of 7 people and people studying

दोस्राे दिन स्थानीय सरकार सञ्चालन ऐन २०७४ का बारेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, राजनीतिक अर्थशास्त्रका बारेमा हरि रोका, दर्शनशास्त्रको अवधारणा र मार्क्सवादी  दर्शनका बारेमा रमेश सुनुवार र वैज्ञानिक विश्व दृष्टिकोण बारे केन्द्रीय सदस्य एवं स्कुल विभाग सचिव रामदीप आचार्यले सहजीकरण गर्ने छन् । पार्टी स्कुलको अन्तिममा सहभागीको बुझाई बारे परीक्षा सञ्चालन गरिने आयोजकले जनाएको छ । स्थानीय तह सम्वन्धी बनेको नीति तथा ऐनका बारेमा पनि कार्यकर्ता सुसुचित हुने संयोजक थापाले बताए ।

पार्टी स्कुल उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं प्रतिनिधिसभा सदस्य रामकुमार राई, केन्द्रीय सदस्य समिता कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डेको अध्यक्षतामा भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083