पशुपतिमा झुन्डिएको अवस्थामा मृत भेटिए सुरक्षाकर्मी
वि.सं.२०८० जेठ २३ मंगलवार १३:५१
8.96K
shares
shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।
कोषका कर्मचारीले आज कार्यालय परिसर सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुन्डिएको अवस्थामा फेला परेका हुन्।
घटनाबारे कर्मचारीले गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ।
कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुन्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (महाराजगन्ज) पठाइएको प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको छ। सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।































