प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
वि.सं.२०८० जेठ २५ बिहीवार ११:५१
4.65K
shares
shares

काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ । यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ । २ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ५६६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।































