प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना
वि.सं.२०८० जेठ २९ सोमवार १६:३८
3.61K
shares
shares

काठमाडौं । लामो समयदेखि अस्वस्थ रहेकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल लगिएको छ। उनलाई केहीबेर अघिमात्र थापालथलीस्थित नर्भिक अस्पताल पुर्याइएको हो। सीतालाई भेट्न प्रधानमन्त्री दाहाल नर्भिक अस्पताल पुगेका छन् ।
सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् । स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।
































