प्युठान दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै सनाखत
वि.सं.२०८० जेठ ३० मंगलवार ०८:४१
5.03K
shares
shares

दाङ । प्युठानको स्वर्गद्वारीबाट फर्किँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाकै सनाखत भएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षीया राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् ।
यस्तै, तुलसीपुर कोठरी घर भई नारायणपुरमा डेरा गरेर बस्ने ३४ वर्षीय सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय छोरा विशाल शर्मा, ९ वर्षीय विकास शर्मा र घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालले ज्यान गुमाएका छन् ।
प्युठानको भिंग्रीनजिकै लु १ च ६३४५ नम्वरको जिब आज दिउँसो भीरबाट खसेर आठ जनाले ज्यान गुमाएका थिए ।

















