समाजवादी माेर्चा साेमबार घाेषणा हुने

9.82K
shares

काठमाडाैं । समाजवादी मोर्चाको घोषणा यही असार ४ गते हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आज असार ४ गते मोर्चाको घोषणा हुने बताएका छन् । उनका अनुसार असार १ गते घोषणा गर्ने भनिए पनि प्रावधिक कारण हुन रोकिन पुगेको सरकारमा र सरकार बाहिर रहेका कम्युनिष्ट पार्टी आबद्ध मोर्चाको घोषणा असार ४ गते हुनलागेकाे हाे  ।

चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले त्यसलाई मुर्त रुप दिनका लागि छलफललाई तिब्रता दिइएको जानकारी दिए ।

उपाध्यक्ष पाण्डेका अनुसार सरकारमा देखिएको अस्थिरता रोक्नका लागि मोर्चा गठनको पहल एक वर्षअघिदेखि नै सुरु भएकाे थियाे ।


divya collage
unigloble collage