आज कति छ सुनको मूल्य ?
वि.सं.२०८० असार ३ आइतवार १२:२३
5.37K
shares
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ रहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार चार सय ४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।




















