उपप्राध्यापक चलाउने प्रहरी नियन्त्रणमा
वि.सं.२०८० असार ४ सोमवार १४:४५
6.62K
shares
shares

काठमाडौं । उपप्राध्यापक प्रेम चलाउने जिल्ला अदालत काठमाडौं परिसरबाट प्रहरी नियन्त्रणमा परेका छन् ।
आफूलाई कुटपिट गर्ने विद्यार्थी नेताविरुद्धको मुद्दा सरकारले फिर्ता लिएको भन्दै उनी अनसन बस्नका लागि सोमबार काठमाडौँ जिल्ला अदालत परिसरमा पुगेका चलाउनेलाई प्रहरीले पक्राउ गरेको हाे । चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ । तर सरकारले फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै चलाउनेले आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।































