‘नागरिकता पिडितहरुलाई दमन नगरियोस्’ : नेता तामाङ
वि.सं.२०८० असार ५ मंगलवार १४:५३
shares

काठमाडौ । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले नागरिकताको माग गर्दै माइतीघरमा आन्दोलनरत सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेको घटनाप्रति आपत्ती जनाएका छन् ।
नागरिकता पिडितहरुलाई दमन नगर्न आग्रह गर्दै, नागरिकता पिडित नागरिकहरुमाथि झन् पिडा नदिनका लागि अपिल गरेका हुन् ।
उनले भने- ‘वर्तमान अवस्थामा न्यायलयले नागरिक हुनबाट बञ्चित लाखौ नेपालीहरुको पिडा बुझ्नुपर्छ,नागरिकता बिधेयक कार्यान्वयनमा लगाएको रोक आदेश बदर गरि लामो समय देखि नागरिकता नपाएकाहरुलाई छिटो भन्दा छिटो नागरिकता दिने ब्यवस्था मिलाईनु पर्दछ’।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ। तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन्।




















