रुबी भ्याली गाउँपालिकाका महिलाहरु आत्मनिर्भर बन्दै

5.29K
shares

काठमाडौ । कुनै बेला हातमा सिप नभएका धादिङको दुर्गम रुबी भ्याली गाउँपालिकाका महिलाहरु अहिले आत्मनिर्भर हुन थालेका छन् । रोटरी क्लव अफ महाराजगञ्ज र स्टेप्स फाउण्डेसन नेपालले उनीहरुलाई तीन महिने सिपमुलक तालिम र प्रशिक्षण दिएपछि आत्मर्निभर हुन थालेका हुन्।

शारिरीक रुपले अशक्त महिला, पुरुष र द्वन्द्वपीडित महिलाहरुले प्रशिक्षण लिएपछि उनीहरु सबैले लुगा सिलाउने र कल समाएर अन्य बिभिन्न सिप मुलक काम गर्न थालेका छन् । उनीहरुले यसलाई दिगो आम्दानीको स्रोत बनाएका छन् । उनीहरुलाई पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउने, बितरण तथा सिलाई बुनाई तालिमसंगै प्रशिक्षण दिइएको स्टेप्स फाण्डेसन नेपालकी सचिव लुरानी घलेले बताईन्।

रुबी भ्याली दुर्गम र अधिकांश महिलाहरु सिपविहिन भएका कारण उनीहरुमा सिपको बिकास गरी आत्मर्निभर बनाउने उद्धेश्यले तालिम सञ्चालन गरीएको हो । सधै चुलो चौका, कृषि र पशुपालनमा आस्रित यहाँका महिलाहरुको अहिले घर घरमा लुगा सिलाउने मेसीन राख्न थालेको रोटरी क्लव अफ महाराजगञ्जकाका इलेक्ट प्रेसीडेन्ट कृष्ण गुरुङले बताए।

घरमै बसीबसी काम गर्न सकीने र उत्पादन गरेका समाग्री बजारसम्म पुर्याउन सकीने भएकाले महिलाहरुको स्यानेटरी प्याड र कपडा सिलाई बुनाईमा आकर्षण बढेको उनलेले बताईन् । घर खर्च टार्न श्रीमानको आश गर्नु पर्ने बाध्यतामा रहेका महिलाहरु हातमा सिप भए आफै कमाउन सकीने रहेछ भनेर दंग परेका छन् ।

घर खर्च सामान्य रुपमा टार्न सकीने भएकाले उनीहरुको आत्मबिश्वास पनि बढेको छ । तीन महिने तामिकै दौरानमा उनीहरुले यसरी सिलाई सिप सिक्न पाउँदा मक्ख मात्र छैनन्, भोली अझ राम्रो सिप सिक्न सकीने रहेछ भन्नेमा विश्वस्त पनि बन्दै गएका छन् । दुर्गम ठाउमा मेसिन नदेखेका यहाँका महिलाहरुले मेसिन चलाउन सिकेका छन् । मेसीनमा सियो लगाउन र धागो लगाउन सीकेका छन् । यसरी चौबन्दी चोलो, पर्स, स्कुल ड्रेस, कुर्था सुरुवाल, सेनेटरी प्याड सिलाउन थालेका छन् । गाउँमा यसरी मेसिन दिएर सिप सिक्न पाएका उनीहरुले आयोजक संस्थाप्रति खुशी व्यक्त गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083