‘भ्रष्ट्राचार बिरोधी अभियानबाट एमाले अत्तालियो’ : नेता तामाङ
वि.सं.२०८० असार २१ बिहीवार १०:४९
shares

काठमाडौ । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले भ्रष्ट्राचार बिरोधी अभियानबाट एमाले अत्तालिदै आई रहेको बताएका छन् । सरकारले बढ्दो लोकप्रियता कामहरु गर्न थालेपछि एमालेका लागि टाउको दुखाईको बिषय भएको उनले बताए ।
वर्तमान सरकारको बिकल्प खोज्न कहिले कांग्रेसको दलान त, कहिले शक्तिकेन्द्र दौडधुप गरिरहेको एमाले, भ्रष्ट्राचारीहरुको संरक्षणमा लागि परेको बताउँदै प्रधानमन्त्रीको भुतकालिन प्रसंगलाई लिएर अशोभनिय रुवावासी गर्दै गर्दा ईतिहासको ऐनामा एक पटक आफ्नो कुरुप राष्ट्रवादी अनुहार हेर्न आग्रह समेत गरेका छन्।
बुधबार बसेको संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै बैठक नै अवरोध गरेका थिए । यसै बिषयलाई केन्द्रीत गर्दै नेता तामाङले एमालेप्रती यस्तो प्रतिक्रिया दिएका हुन् ।






























