डाक्टरको दरबन्दी व्यवस्थापन गर्दा आत्महत्याको धम्की आयो : मन्त्री बस्नेत

3.71K
shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काजमा रहेका चिकित्सकको दरबन्दी व्यवस्थापन गर्दा धम्की आएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा उनले दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धम्की आएको बताएका हुन् ।

दरबन्दी बाहिर भएर काठमाडौंमै बस्न चाहनेहरुबाट सचिवालयमाा धम्की आउने गरेको जानकारी दिँदै उनले बाहिरी जिल्लामा दरबन्दी भई ट्रमा सेन्टरम बस्न चाहनेले आफू दरबन्दी भएको स्थानमा पठाए आत्महत्या गर्छु भनेरसमेत धम्क्याएको बताए । तर, मर्ने भए मेरो कोठमै मर्नु भन्नु भनेर सचिवहरुलाई जवाफ दिन भनेको उनले बताए ।

दरबन्दी अनुसारको डाक्टरहरू व्यवस्थापन गरेर छाड्ने मन्त्री बस्नेतको प्रतिबद्धता छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083