नेता गान्धीद्वारा सर्वोच्चमा पुनरावेदन
वि.सं.२०८० असार ३१ आइतवार १९:४४
3.74K
shares
shares

नयाँदिल्ली । भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीले आफूमाथि लगाइएको मानहानी मुद्दाबाट अन्याय भएको जिकिर गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् ।
सन् २०१९ मा कर्णाटकमा भएको एउटा चुनावी सभामा मोदी थरलाई लिएर नेता गन्धीले दिएको अभिव्यक्तिबाट आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध दायर गरेको मुद्दामा नेता गान्धीलाई गुजरातको अदालतले दोषी ठहर गरेको थियो ।
गुजरातस्थित अदालतको उक्त निर्णयसँगै नेता गान्धीको संसद् पद खारेज भएको थियो । उनले उक्त आदेशविरुद्ध गुजरात उच्च अदालतमा गरेको पुनरावेदन पनि सदर भएपछि उनी सर्वोच्च न्यायालयको ढोका ढक्ढक्याउन पुगेका हुन् ।




















