सुनिल शर्माको सर्टिफिकेट छानबिन गर्न माग गर्दै अखिल क्रान्तिकारीद्धारा बृहत प्रदर्शन
वि.सं.२०८० साउन ३० मंगलवार १८:४५
17.95K
shares
shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अखिल क्रान्तिकारीको पवन कार्की समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।
प्रमाणपत्र छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीबाट पक्राउ परेका शर्मा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामुक्त भएका छन् । थुनामुक्त भए लगत्तै उनले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए ।
यो समूहले भ्रष्टाचारी जोगाउनका लागि नेकपा एमालेले संसद अवरुद्ध गरेको आरोप पनि लगाएको छ । अखिल क्रान्तिकारीमा असन्तुष्टहरुले पवन कार्कीको समूहमा रहेर गतिविधि गर्दै आएका छन् ।































