बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी
वि.सं.२०८० भदौ १५ शुक्रवार १९:२६
9.01K
shares
shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।
आज भएको निर्वाचनमा उमेश पियालाई पराजित पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन्। उनले २३ मत पाउँदा पियाले १४ मत पाए। १३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना निर्वाचित भएका छन्।































