इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु
वि.सं.२०८० असोज २७ शनिवार १३:१७
4.93K
shares
shares

तेलअबिब । इजरायलले हमासको एक बरिष्ठ कमाण्डर मारेको दावी गरेको छ । इजरायलका अनुसार हवाई आक्रमण गरे पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन् ।
इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक वरिष्ठ सैन्य कमाण्डर इजरायली हवाई हमलामा मारिएको जनाएको छ।
गत दिन हमासको परिचालन केन्द्रमा आक्रमण गर्दा मुराद अबु मुराद नाम गरेका ती कमाण्डरको मारिएको हुन, जहाँ इजरालयले आफ्नो ‘हवाई गतिविधि’ गरेको थियो ।
यसबारेमा हमासबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन् ।
































