रतन टाटाले क्रिकेटर राशिद खानलाई १० करोड दिएको समाचार झुटो

4.86K
shares

काठमाडौं । भारतीय उद्योगपति रतन टाटाले आफ्नो नाममा फैलिएको गलत समाचारको खण्डन गरेका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै उनले भनेका छन्, ‘मेरो क्रिकेटसँग कुनै सम्बन्ध छैन। कृपया त्यस्ता व्हाट्सएप फर्वार्ड र भिडियोहरू मेरो आधिकारिक प्लेटफर्मबाट पोस्ट नगरेसम्म विश्वास नगर्नुहोस्।’

टाटाले यो पोस्ट गर्नुको कारण उनको नाममा केही फेक न्यूज सोशल मिडियामा भाइरल हुनु हो। जसमा उनले अफगानिस्तानका क्रिकेटर राशिद खानलाई १० करोड दिएको दाबी गरिएको थियो । तर, उनले समाचारको खण्डन गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083