कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

Nepal Life Insurance Long Ad

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएपछि एमाले बाहिरिएको हो । एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर माओवादी र एकीकृत समाजवादीबाट एक-एक जना मन्त्री शुक्रबार  नियुक्त गरेका थिए ।

गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शुक्रबार नै एमालेले राजीनामा बुझाउन खोजेको थियो । शनिबार बिहान मन्त्री राम रानाले मुख्यमन्त्रीको सरकारी निवासमा पुगेर राजिनामा बुझाएका हुन् ।

१८ कात्तिक २०८०, शनिवार १०:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु