टिकटक बन्द गर्ने निर्णयप्रति गगनको टिप्पणी : सरकार उल्टो बाटो हिंड्यो

4.15K
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् ।

‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’ उनले फेसबुकमा लेखेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083