कर्णाली प्रदेश प्रहरी प्रमुख ढकालद्धारा प्रहरी चौकी पानिपोखरी, दैलेखको नवनिर्मित भवनको समुद्धघाटन

5.21K
shares

दैलेख । नवनिर्मित प्रहरी चौकी पानिपोखरी दैलेखको भवनको समुद्घघाटन सुसम्पन्न भएको छ । प्रमुख अतिथि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालद्धारा भैरवि गाउँपालिका वडा नम्बर ६ मा नवनिर्मित प्रहरी चौकी पानिपोखरी दैलेखको कार्यालय /ब्यारेक, भान्साघर र शौचालय भवनको समुद्धघाटन सुसम्पन्न गर्नु भएको हो ।

गाउँपालिकाका अध्यक्ष रिता कुमारी शाहीले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, सुरक्षा निकाय प्रमुखहरू, राजनितिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, समाजसेवी, सञ्चारकर्मीहरू लगायत सर्वसाधरणको उपस्थिति रहेको थियो ।

May be an image of 11 people

उक्त भवन जम्मा रू १, ७७, ८७, ४३७.२५ लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनको समुद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदैँ प्रमुख अतिथिले आगामी दिनहरूमा यस क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी हुनुको साथै गुणस्तरिय नागरिक सेवा प्रवाह हुने र प्रहरी कर्मचारीको कार्यसम्पादन स्तरमा थप मनोबल अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

त्यसै गरी प्रमुख अतिथिज्यूले कर्णाली प्रदेश प्रहरीद्धारा निर्माण गरिएको “सुरक्षित कर्णाली विशेष अभियान, २०८०” को कार्यान्वयन र यस अन्तर्गतका विभिन्न कार्यक्रमगत अभियानहरूले नागरिक र प्रहरीबीच अझ नजिककको सु-समबन्ध स्थापित हुनुको साथै अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न थप उपलब्धीहरू प्राप्त हुँदै गएको कुरा बताएका थिए ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 6 people

May be an image of 3 people

May be an image of 3 people

May be an image of 2 people and mountain

May be an image of 5 people and text

May be an image of 7 people

May be an image of 6 people and wedding

May be an image of 7 people, temple and text

May be an image of 9 people, dais and text

May be an image of 7 people and text

May be an image of 6 people, crowd, temple and text

May be an image of 8 people, dais, temple and text

May be an image of 1 person