“निर्देशन सम्बोधन कार्यक्रम” सम्पन्न

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “निर्देशन सम्बोधन कार्यक्रम” सम्पन्न भएकाे छ ।
२०८०/०९/१७ गतेदेखी प्रहरी निरीक्षक (जनपद) पद खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपुर्ती गर्न प्रहरी निरीक्षक पदमा Online Recruitment Management System (OMRS) माध्यमबाट दरखास्त दिई स्विकृत भएका उम्मदवारहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारिरिक तन्दुरुस्ती परिक्षा सञ्चालनार्थ खटिने प्रतिष्ठानका विभिन्न सकल दर्जाका सिनीयर तथा जुनियर प्रहरी अधिकृतहरुलाई निर्देशन दिनु भएकाे हाे ।
निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशकज्यूले भर्ना छनौटलाई मैत्रीपूर्ण वातावरणमा सञ्चालन गर्नु पर्ने साथै भर्ना छनौटलाई निष्पक्ष र पारदर्शी बनाउनका निम्ति मापदण्डहरुको पूर्ण पालना, असल आचरण, व्यक्तिगत सम्पतिको हिफाजत तथा आइपर्न सक्ने स्वास्थ्य सम्बन्धी जोखिमलाई मध्यनजर गर्दै सदैव सजक रहनु पर्ने कुरा बताउनु भयो ।
स्वास्थ्य परिक्षण तथा शारिरिक तन्दुरुस्तीका सम्पूर्ण Events लगायतमा भर्ना छनौटलाई निष्पक्ष र पारदर्शी बनाउने हेतुले हरेक Events को Photo तथा Video लिने साथै ती स्थानहरुमा CCTV जडानको व्यवस्थापन गरिएकोले उत्कृष्ट तबरले कार्यन्वयन गर्न गराउन निर्देशन दिनु भयो।
उत्तिर्ण हुन नसकेका प्रशिक्षार्थीहरुलाई समेत प्रहरीबाट सभ्य, शिष्ट र सम्मानजनक व्यवहार हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भर्ना तथा छनौट कार्यको लागी संगठनको पथप्रदर्शक भएकोले सवै प्रशिक्षकहरुले अनुशासित तथा ईमान्दार भएर दक्ष जनशक्ति उत्पादन गर्न दत्तचित्त हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
१६ पुस २०८०, सोमवार २०:०६ बजे प्रकाशित