डीआईजी शर्माको बिदाई, जोशीको स्वागत (तस्वीरमा हेर्नुहोस्)
विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न
काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय, विशेष व्यूरो, नक्साल, काठमाण्डौंबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल, दरबन्दी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको रुपमा काजमा खटिनु भएका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई कार्यालयमा स्वागत गरिएको हो ।
साथै उक्त कार्यालयबाट काठमाण्डौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी बढुवा पदस्थापन सरुवा हुनु भएका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मालाई एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीद्वारा मायाको चिनो प्रदान गरी बिदाई गर्नु भएको थियो ।
उक्त अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई कार्यालय प्रमुखद्धारा आवश्यक निर्देशन सम्बोधन गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
२४ जेठ २०८१, बिहीवार १२:४८ बजे प्रकाशित