१८ कार्य दिन अवधिको “व्यत्तिगत सुरक्षा (प्र.ज. देखि जु.प्र.अ) २६ औं समूहको तालिम” सम्पन्न
एसएसपी अबि नारायण काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न
बिराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेको प्रमुख आतिथ्यतामा “व्यत्तिगत सुरक्षा (प्र.ज. देखि जु.प्र.अ) २६ औं समूहको तालिम” तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
२०८१ जेठ १६ गतेबाट संचालन भएको १८ कार्य दिन अवधिको व्यत्तिगत सुरक्षा (प्र.ज. देखि जु.प्र.अ.) २६ औं समूहको तालिम आज सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा दीक्षित भई जाने प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथीद्वारा शुभकामना एवं बधाई दिंदै कार्यक्षेत्रमा पाएको जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ, सभ्य र सुसंस्कृत हुँदै राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्यसम्पादन गर्नु हुन समेत निर्देशन दिनु भयो ।
कार्यक्रममा केन्द्रका सह- समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्ट, प्रहरी निरीक्षक गुरू प्रसाद तिम्सिना, प्रहरी निरीक्षक तथा तालिम संयोजक देउ प्रसाद लिम्बु, लगयत जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
५ असार २०८१, बुधवार १७:२४ बजे प्रकाशित