कम्युनिस्ट एकताबाट समाजवादको नयाँ यात्रा सुरु हुन्छ: पुष्पकमल दाहाल

1.47K
shares

नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।

मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा बोल्दै उनले समाजवादतर्फको यात्रालाई अघि बढाउन सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।

“हामी समाजवादको यात्रामा अगाडि बढ्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ। त्यसका लागि विभिन्न कम्युनिस्ट समूहलाई एकताबद्ध गरेर नयाँ ढंगले पार्टी निर्माण गरेका छौँ,” उनले भने, “अब बाँकी रहेका कम्युनिस्ट शक्तिलाई पनि एकताबद्ध गरेर क्रान्तिको अधुरो सपना पूरा गर्नेछौँ।”

दाहालले पछिल्ला राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न शान्ति सम्झौता र संविधानसभा प्रक्रियामा सहमत सबै राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्ने रणनीति रहेको बताए।

उनले राजनीतिक एकता, स्थायित्व र सहकार्यबाट मात्र समाजवादको आधार तयार हुने उल्लेख गर्दै आगामी दिनमा त्यसतर्फ केन्द्रित हुने स्पष्ट पारे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083