स्याङ्जामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

1.81K
shares

स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय विनोद अर्याल रहेका छन्। उनी चलाएको मोटरसाइकललाई मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका अर्याललाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

घटनामा संलग्न ट्रक चालक २४ वर्षीय निरज चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage