आज अमेरिकामा मध्यावधि निर्वाचन, ट्रम्प कार्यकालको मुल्याङ्कन हुँदै

Nepal Life Insurance Long Ad

बीबीसी । संयुक्त राज्य अमेरिकामा मध्यावधि निर्वाचनलाई राष्ट्रपति डोनल्ड ट्रम्पको प्रथम दुई वर्षे शासनप्रतिको जनमत संग्रहका रुपमा लिइएको छ। राष्ट्रपति ट्रम्पले सिनेट र हाउस अफ रिप्रीजेन्टेटिभ्समा रिपब्लिकनहरूको नियन्त्रण कायमै राख्‍ने अपेक्षा राखेका छन्। र त्यसो भएमा अमेरिका पहिले भन्ने उनको राष्ट्रवादी एजेन्डालाई अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ।

अर्को तर्फ डेमोक्र्याटहरू संसदको तल्लो सदनको नियन्त्रण आफूमा ल्याउन सकिने आशामा छन् र राष्ट्रपतिका आकांक्षाहरूमा अंकुश लगाउन सकिने उनीहरू ठान्दछन्। संयुक्त राज्य अमेरिकाको इस्टकोस्ट भनिने पूर्वी तटीय क्षेत्रस्थित मेन, न्यू ह्याम्पशर, न्यू जर्जी, न्यू योर्क तथा भर्जिनिया राज्यहरूमा सबैभन्दा पहिला मतदान शुरु भएको छ।

यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले, उनको रिपब्लिकन पार्टीप्रति समर्थन जुटाउन राष्ट्रव्यापी निर्वाचनको पूर्वसन्ध्यामा मतदाताहरूलाई मनाउन अन्तिम प्रयास गरेका थिए। आक्रामक अन्तिम तीन चुनावी र्‍यालीहरूका क्रममा ट्रम्पले भने, हामीले हासिल गरेको सबै उपलब्धिहरू दाउमा छन्। राष्ट्रपतिको चार वर्षे कार्यकालको बीचको अवधिमा अमेरिकामा मध्यावधिमा चुनाव हुने गर्दछ।

आगामी दुई वर्ष राष्ट्रपति ट्रम्पले कति प्रभावकारिताका साथ कार्यभार सम्हाल्न सक्छन् भनेर मध्यावधि चुनावले निर्धारण गर्नेछ। हालैका दिनमा राष्ट्रपति ट्रम्पले उनको मतदाताहरूको आधारभूत तहमा ऊर्जा ‌संचार गर्ने प्रयासमा विभिन्न विभाजनकारी मुद्दाहरूबारेका चर्को बयानबाजीमा तीव्रता दिएका थिए।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...