चीनले बनायो विश्वकै पहिलो अन्डर ग्राउन्ड होटल (तस्बिरसहित)

6.01K
shares

एजेन्सी । चीनले विश्वकै पहिलो अन्डर ग्राउन्ड होटल बनाएको छ । संघार्इमा निर्माण भएको विश्वकै पहिलो अन्डर ग्राउन्ड होटेल यसै महिनाबाट संचालनमा आउने भएको छ। जमिनको सतहभन्दा ८० मिटर तलसम्म बनेको उक्त पाँच तारे होटलको उद्घाटन २० नोभेम्बरमा हुने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

१८ तले सो होटल चीनको पूर्वी क्षेत्रमा रहेको संघार्इ शहरभन्दा ३० किलोमिटर टाढा रहेको छ। १८ तल्ले मध्ये १६ तल्ला अन्डर ग्राउन्ड रहेको भने दुर्इ तल्ला भने पूर्ण रुपले पानीमुनि रहेको छ। दुबर्इमा रहेको बुर्ज अल अरब होटल निर्माण गरेका आर्टिटेक्चरहरुले नै चीनमा निर्माण भएको उक्त होटल डिजार्इन गरेका हुन् । सो अन्डर ग्राउन्ड होटलको निर्माण गर्न करिब १० वर्ष लागेको जनाईएको छ ।

भवनको अघिल्लो भागमा ठूलो पोखरी रहेको छ भने जमिनमाथि पार्कहरु निर्माण गरिएको छ। पानीमुनि रहेको कोठा बाहेक बाँकी ३३६ कोठाबाट झरना देखिनुका साथै कोठामा रहेका सिसाका झ्यालबाट पानी बगिरहको दृश्य देखिनेछ ।रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083