क्यालिफोर्निया आगलागी क्षेत्रको निरीक्षणमा ‘डोनाल्ड ट्रम्प’

Nepal Life Insurance Long Ad

प्याराडाइज । अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले आगलागीबाट प्रभावित क्यालिफोर्नियाको निरीक्षण गरेका छन्। यो आगलागीलार्इ अमेरिकी इतिहासमै हालसम्मकै डरलाग्दो विपत्तिका रुपमा लिइएको छ।

आगलागी प्रभावित प्याराडाइज शहरमा बोल्दै ट्रम्पले ुयो अवस्था निकै दुखद्ु भएको बताए। आगलागीबाट बच्न वनजंगलको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्नेमा ट्रम्पले जोड दिए। ट्रम्पले पहिला देखि नै वन विभागको व्यवस्थापन राम्रो नहुँदा र राज्य सरकारले उचित व्यवस्थापन नगर्दा यस्ता आगलागीका घटनाका हुने गरेको बताउँदै आएका थिए।

क्यालिफोर्निया पुगेका ट्रम्पले भने त्यहाँको राज्य सरकार र उद्धार टोलीले प्रभावित क्षेत्रमा गरेको कामको प्रशंसा गरे। क्यालिफोर्निया पुग्दा केही व्यक्तिहरुले भने ट्रम्प विरोधी ब्यानरहरु प्रदर्शन गरेका थिए।

आगलागीका कारण हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ। अधिकारीहरुले १२सय भन्दा बढी मानिसहरु हराइरहेको बताएका छन्। खोजीकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जंगलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुतगतिमा फैलिएको थियो।

आगलागीका कारण लाखौं मानिसहरु विस्थापति भएका छन् भने जंगल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ। त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...