भारतमा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु
वि.सं.२०७५ मंसिर ८ शनिवार १७:११
4.86K
shares
shares

एजेन्सी । भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । शनिबार भएको यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौँ घाइते पनि भएका अधिकारीले जनाएका छन् । कर्नाटक राज्यको राजधानी बेङ्लुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ ।
दुर्घटना भएपछि बस नहरमा खसेको थियो । ती घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको समाचारमा जनाइएको छ । केही घाइतेकोको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन् ।















