क्यारेबियन समुद्रका द्वीपमा ६.१ म्याग्नीच्यूडको भूकम्प

6.15K
shares

बोगोटा । क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ।

भूकम्पबाट सान आन्द्रेस नगरपालिका र सान्ता क्याटालिना नगरपालिकामा क्षति पुगेको अधिकारीहरुले बताएका छन्। उक्त द्वीप निकारागुवाको पूर्वी तटीय क्षेत्रबाट २२० किलोमिटर टाढा पर्दछ। कोलम्बियाली अधिकारीहरुले तटीय इलाकामा सुनामीको खतरा नरहेको जनाएका छन्।


divya collage
unigloble collage