आज भाजपालाई पराजित गरेका छौं, २०१९ मा पनि पराजित गर्छौ : राहुल

4.84K
shares

एजेन्सी । पाँच मध्ये तीन राज्यमा जितपछि काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले भाजपालाई राज्यमा हराएको भन्दै आगामी आम निर्वाचनमा पनि पराजित गर्ने बताएका छन् । विभिन्न मितिमा मध्य प्रदेश, राजस्थान, छत्तीसगढ र मिजरोममा भएको मतदानको मंगलबार मतगणना गरिएको छ । मंगलबार प्राप्त चुनावी नतिजामा काँग्रेसले ठूला तीन राज्य, राजस्थामा बहुमत, मध्य प्रदेशमा सबैभन्दा ठूलो दल र छत्तीसगढमा अत्याधिक बहुमत पाएको छ ।

यी तीनै राज्यमा भाजपाको सरकार थियो । उता काँग्रेसको सरकार रहेको मिजरोममा भने काँग्रेस पराजित भएको छ । यद्यपी यो राज्यमा जम्मा ४० सिटमात्र थिए । यस्तै तेलंगनामा भे सत्तारुढ दल तेलंगना राष्ट्रिय समिति (टीआरसी)ले दुई तिहाई बहुमत ल्याएको छ । यो राज्यमा काँग्रेसले १९ सिट र भाजपाले एक सिटमात्र जितेका छन् भने टीआरसीले ८९ सिट जितेको छ ।

पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राहुलले मोदीले किसानलाई, युवालाई रोजगार दिन नसकेकाले भोट नदिएको बताए । उनले आफूले २०१४ को चुनावबाट धेरै कुरा सिकेको भन्दै प्रधानमन्त्री मोदीले मौका गुमाएको बताए । उनले जीएसटी, नोटबन्दी र बरोजगारीका कारण भाजपालाई जनताले भोट नदिएको बताए । उनले भाजपाको नीतिलाई जनताले अस्वीकार गरेको बताए ।

अध्यक्ष गान्धीले मुख्यमन्त्री चयनका विषयमा बोल्दै यो कुनै समस्या नभएको भन्दै आरामसँग मुख्यमन्त्री चयन हुने बताए । काँग्रेसले राजस्थानका राज्यपालसँग बुधबार बेलुका ७ बजेको समय मागेको छ । उसले सो भेटमा सरकार बनाउने दावी पेस गर्ने बताइएको छ । यस्तै मध्य प्रदेशमा पनि राज्यपालसँग काँग्रेसले सरकार बनाउने दावी गर्दै समय मागेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083