सडकमा जब यति ठुलो चकलेट तयार भयो, आवागमननै ठप्प !
वि.सं.२०७५ मंसिर २६ बुधवार १६:३४
4.67K
shares
shares

बर्लिन । जमर्नीमा भएको यो घटना प्रति धेरै आश्चर्यचकित भएका छन्। प्रायको ध्यान यो फोटोमा झुण्डिएको छ। कुनै पर्व वा काम विशेषमा मात्रै देखिने यो दृश्य जर्मनीको तेस्रो ठुलो सहर डर्टमन्ड नजिकैको हो।
सोमबार राती एउटा चकलेट कम्पनी डेरिईमिस्टर फ्याक्टीको ट्यांकी फुटेपछि सडकमा देखिएको दृश्य हो यो। चकलेट तयार पार्नका लागि झोलिलो पदार्थ बोकेको उक्त ट्याङकी चुहिएपछि सडकमा मानिसहरुलाई आवत जावत गर्न समेत अफ्ठेरो भएको थियो।.jpg)
सडकमा पोखिएको उक्त झोलिलो पदार्थ ३ घण्टा लगाएर सफा गरिएपछि मात्रै आवागमन सुरु भएको हो।१ सय ३० बढि कामदार रहेको उक्त फ्याक्टीले सामान्य प्राविधिक गल्तिले गर्दा एउटा ट्याङकी चुहिएको बताएको छ।































