श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले यसकारण दिए राजिनामा
वि.सं.२०७५ मंसिर २९ शनिवार १४:१७
shares

कोलम्बो (एजेन्सी) । श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षेले शनिबार पदबाट राजिनामा दिएका छन् । एक महिना पहिला तत्कालि प्रधानमन्त्री रनिल विक्रमासिंघलाई अपदस्थ गर्दै राष्ट्रपति मैत्रीपाला सिरसेनाले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तर, राष्ट्रपति सो कमदविरुद्ध त्यहाँको सर्वोच्च अदालत र संसदले प्रस्ताव पारित गरेपछि त्यहाँ राजनितक तथा संवैधानिक संकट उत्पन्न भएको थियो ।
पदबाट राजिनामा दिँदै राजापाक्षेले राजनीतिक संकट समधानका लागि पदबाट राजिनामा दिएको बताएका छन् । बिहीबारमात्र त्यहाँको सवोच्च अदालतले राष्ट्रपति सिरसेनाले गरेको संसद भंगलाई अवैधानिक भनेको थियो भने, बुधबार प्रधानमन्त्री राजापाक्षेलाई प्रधानमन्त्रीका रुपमा काम नगर्न आदेश दिएको थियो ।
व्यापाक विरोध भएपछि राष्ट्रपतिले विघट गरेको संसदसमेत पुनस्र्थापना गरिएको थियो । सो संसदले नै अपदस्थ प्रधानमन्त्री विक्रामासिंघेलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । राष्ट्रपति सिरसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच चलेको द्वन्द्वका कारण गएको एक महिनादेखि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको हो । त्यहाँ भारत र चीनले आफ्नो स्वार्थअनुसार चलखेल गरेपछि संकट झन बढेको थियो ।
कुनैबेला भारत निकट मानिएका सिरसेना चीनसँग नजिकिएको भारतीय बुझाईले गर्दा अपदस्थ भए पनि विक्रमासिंघे बलियो बनिरहेका थिए । राष्ट्रपति सिरसेनाले मन्त्रिपरिषद्को बैठकमै भारतीय गुप्तचर निकाय रअले आफ्नो हत्या गराउन लागेको भनेको समाचार बारिएपछि त्यहाँ राजनीतिक संकट शुरु भएको हो ।
तत्कालिन प्रधानमन्त्री विक्रमासिंघेले त्यस्तो षडयन्त्र नभएको र भारतसँग राम्रो सम्बन्ध रहेको प्रतिक्रिया दिएको केही दिनमै राष्ट्रपति सिरसेनाले विक्रमासिंघेलाई हटाएर राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तर, राष्ट्रपतिको सो कदम संविधानविपरित भएको भन्दै त्यहाँको संसद तथा अदालतले त्यसलाई अवैधानिक भनेका थिए ।
































