अमेरिकी सिनेटको मतदानप्रति साउदी अरेबिया आक्रोशित

4.98K
shares

रियाद । अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको “हस्तक्षेप” भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ। अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रोक्न चाहेको छ। साथै, सिनेटले पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी राजकुमारलाई जिम्मेवार ठह–याएको छ।

“साउदी अरब अमेरिकी सिनेटको पछिल्लो दृष्टिकोणको भत्र्सना गर्दछ किनभने सिनेटका आरोपहरु अपुष्ट छन्। त्यसैले साउदी अरब आन्तरिक मामिलामा भएको अमेरिकी ठाडो हस्तक्षेपलाई अस्वीकार गर्दछ,” विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ। अमेरिकी सिनेटको मतदानले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि नयाँ चेतावनी दिएको छ।

राष्ट्रपति ट्रम्पले यमनको द्वन्द्वमा अमेरिकी हतियारको व्यापक प्रयोग भएको तथा पत्रकार खशोग्जीको हत्याका बारेमा विश्वव्यापी आलोचना भइरहेको साउदी अरेबियाको शासन सत्तालाई समर्थन गरिरहेका छन्। यमनको गृहयुद्धमा अमेरिकी समर्थन त्याग्नुपर्ने पक्षमा ४९ जना सिनेटरले मतदान गरेका थिए। उक्त मतदानमा डेमोक्राट र उनीहरुका विचारमा समर्थन जनाउने सात जना रिपब्लीकन सिनेटर सहभागी भएका थिए।

सिनेटको उक्त प्रस्तावमाथि जनवरी अघि हाउस अफ रिप्रिजेन्टेटिभमा छलफल हुने छैन। राष्ट्रपति ट्रम्पले विशेषाधिकारको प्रयोग गर्ने सम्भावना छ। तर सिनेटको मतदानले ह्वाइट हाउसमा रियादका बारेमा भिन्न दृष्टिकोण अबलम्बन गर्नेतर्फ सोच्न बाध्य बनाउनेछ। अमेरिकी अखबार वसिङ्टन पोस्टका लागि नियमित स्तम्भकार जमाल खशोग्जीको टर्कीको इस्तानबुलस्थित साउदी महाबाणिज्यदूतावास कार्यालयमा प्रवेश गरेलगत्तै गत अक्टोबर २ मा हत्या भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083