अमेरिकी तल्लो सदनको सभामुखमा पहिलो पटक महिना नेतृ नियुक्त

5.14K
shares

वासिङटन । अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिएकी छिन्। अमेरिकी संसदको सभामुख हुने उनी पहिलो अमेरिकी महिला नेतृ पनि हुन्। संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका भएपनि अन्ततः पेलोसीले उक्त पद प्राप्त गर्न सफल भइन्।

“सबै कङ्ग्रेस सदस्यहरु उक्तिकै योग्य हुनुहुन्छ,” चुनावी प्रचारका क्रममा पेलोसीले भनिन्, “तर मैले गरिरहेका कामप्रति मलाई गर्व छ। सभामुखको आसनमा पदस्थापन गर्दै पेलोसीले अमेरिकी विभाजित राजनीतिक वातावरणमा सबैसँग मिलेर कार्य गर्न उत्सुक रहेको बताइन्। उनले भनिन्, “कङ्ग्रेसको यो सभाकक्ष अमेरिकी टाउन हल हुनुपर्दछ। यहाँ मानिसले हामीबीच हुने बहसलाई हेर्न पाउनुहुनेछ र जनताका आवाजहरु सुन्न पाउनुहुनेछ।

जनआवाजले हाम्रा निर्णयमा प्रभाव पार्नेछ। डेमोक्र्याटिक पार्टीका प्राथमिकताबारे चर्चा गर्दै उनले स्वास्थ्यसेवाको लागत न्यून गर्ने, हरित पूर्वाधारमा लगानी बढाउने तथा सरकारको इमान्दारितालाई पुनस्र्थापित गर्ने बारेमा प्रकाश पारेकी थिइन्। “हामीले मध्यम वर्गीय अमेरिकीको भलाईलाई उच्च प्राथमिकता दिनु पर्दछ, किनभने मध्यम वर्ग नै हाम्रो लोकतन्त्रको मेरुदण्ड हो,” पेलोसीले भनिन्।

पाँच छोराछोरीको आमा तथा नौ नातिनातीनाकी हजूरआमा न्यान्सी पेलोसी अमेरिकामा एक्काइसौं शताब्दीकै सर्वाधिक शक्तिशाली राजनीतिज्ञका रुपमा उभिएकी छिन्। ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीको बहुमत रहेको वर्तमान अवस्थामा तल्लो सदनको प्रभावशाली नेतृत्व प्रदान गरी डेमोक्र्याटिक पार्टीलाई अमेरिकी राजनीतिको केन्द्रमा ल्याउनुपर्ने चुनौती पेलोसीमाथि छ।

पेलोसीमाथि डेमोक्र्याट पार्टीकै सदस्यबाट अर्को दबाब पनि छ, त्यो हो ट्रम्पविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल गर्ने। पेलोसीले राष्ट्रपति माथिको महाभियोग प्रस्ताव “विभाजनकारी कृयाकलाप” रहेको बताएकी छिन्। “हामीले राष्ट्रपति विरुद्ध राजनीतिक कारणबाट महाभियोग लगाउनु हुँदैन,” पेलोसीले भनिन्। उनले राष्ट्रपति विरुद्ध रोबर्ट मुलरको छानबिन समितिको प्रतिवेदनका नतिजालाई हेरेर मात्र नयाँ कदम चाल्न सकिने स्पष्ट गरिन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083