व्यापार तनाव अन्त्य गर्न अमेरिकी टोली चीनमा

4.3K
shares

बेइजिङ । चीन र संयुक्तराज्य अमेरिकाबीच “व्यापार युद्ध”कै रुप लिएको व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न अमेरिकी टोली चीन आइपुगेको छ। अमेरिकी व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले वार्ताका बारेमा संवाददाताहरुलाई थप विवरण दिन अस्वीकार गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौंदेखि जारी विवाद अन्त्य गर्न सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। विश्वकै अर्थतन्त्रमा अस्थिरता ल्याउने सम्भावना रहेका चीन र अमेरिका दुबैले एकअर्का देशका ३०० अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका छन्।

“मेरो विचारमा हामीले चीनसँग नयाँ व्यापार सम्झौता गर्नेछौं,” राष्ट्रपति ट्रम्पले शुक्रबार भनेका छन्। “राष्ट्रपति सी जिनपिङ पनि व्यापार सम्झौताप्रति प्रतिबद्ध हुनुहुन्छ, र म पनि छु। बेइजिङ आइपुगेको अमेरिकी प्रतिनिधिमण्डलमा अमेरिकी अर्थ, बाणिज्य, कृषि र ऊर्जा मन्त्रालयका अधिकारीहरु पनि सहभागी छन्।

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच तीन महिने युद्धविराम गर्ने सहमति भएसँगै वार्ताको प्रक्रिया शुरु भएको हो। अमेरिकी व्यापार प्रतिनिधिमण्डल चीन आएसँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव परेको छ। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083