बलात्कारी बाबालाई आज सजाय सुनाइँदै, मृत्युदण्डको सजाय सुनाइन सक्ने

4.46K
shares

पंचकुला। बलात्कार अभियोगमा सजाय काटिरहेका बाबा गुरमित राम रहिम सिंहलाई आज मृत्युदण्डको सजाय सुनाइन सक्ने सम्भावना छ । एक साताअघि भएको सुनुवाइमा बाबालाई पत्रकार रामचन्द्र छत्रपतिको हत्यारा ठहर गरिएको छ । यो मुद्दामा आज सजाय सुनाइँदैछ । सिबिआइको विशेष अदालतले आज राम रहिमसमेत ४ जना दोषीहरुलाई सजाय सुनाउँदेछ । अदालतले गत शुक्रबार बाबा राम रहिम, निर्मल, कुलदीप र किशनलाल गरी चार जनालाई हत्यारा ठहर गरेको थियो ।

अदालतले राम रहिम र किशनलाललाई भारतीय दण्ड विधानको धारा १२० बी र ३०२ अनुसारको दोषी ठहर गरेको छ । धारा ३०२ का दोषीलाई कम्तीमा आजीवन कारावासको सजाय हुन्छ । यो धाराका दोषीलाई मृत्युदण्डसम्मको सजाय दिइने कानुनी व्यवस्था छ । गत शुक्रबार अदालतले फैसला सुनाएपछि मृतक पत्रकार छत्रपतिका छोरा अंशुलले राम रहीमलाई फाँसीको सजाय दिइनुपर्ने माग गरेका थिए ।

पत्रकार छत्रपतिको हत्या १६ वर्ष पहिले भएको हो । यो मुद्दामा पनि उनै न्यायाधीश जगदीप सिंहले फैसला सुनाएका थिए न्यायाधीशले राम रहिमलाई बलात्कारी ठहर गर्दै सजाय सुनाएका थिए । साध्वी यौन शोषण मुद्दामा जो पत्र प्राप्त भएका थिए तिनै पत्रको आधारमा पत्रकार छत्रपतिले आफ्नो पत्रिकामा समाचार लेखेका थिए । त्यसपछि छत्रपतिलाई धम्की दिइएको थियो । तर, धम्कीले पनि उनी नझुकेपछि २४ अक्टोबर २००२ मा उनीमाथि आक्रमण गरिएको र उनको अपोलो अस्पतालमा मृत्यु भएको थियो ।

गुरमित राम रहिमले पत्रकार छत्रपतिको हत्याको योजना बनाएको, डेरा सच्चा सौदाका म्यानेजर कृष्णलालको नाममा लाइसेन्स भएको पेस्तोलले उनको हत्या गरिएको र मोटरसाइकलमा आएका कुलदीपले गोली चलाएको आरोप छ । कुलदीप मोटरसाइकलमा पछाडि बसेको र मोटरसाइकल निर्मलले चलाइरहेको दावी गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083