चन्द्रमामा उम्रेका बिरुवाले रातको चिसो खप्न सकेनन्, टुसाए अनी मरे

6.33K
shares

बीबीसी । चन्द्रमामा चीनको अन्तरिक्ष अभियानले उमारेका कपासका टुसाहरू मरेका चिनियाँ वैज्ञानिकहरूले बताएका छन्। अन्तरिक्ष अभियान चांगुुअले लिएर गएका बीउहरू टुसाएको भन्दै चीनले मङ्गलवार तस्बिरहरू सार्वजनिक गरेको थियो। तर चन्द्रमामा गरिएको जैविक अनुसन्धानको यो उपलब्धि सार्वजनिक गर्दा ती टुसाहरू मरेको जानकारी भने उसले दिएको थिएन।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिएको थियो। तर चन्द्रमामा बिरुवा उमारिएको भने यो पहिलो पटक थियो। चन्द्रमामा रात पर्दा ती साना बिरुवाहरू मरेका बताइएको छ। विशेष किसिमको भाँडोभित्र उमारिएको भए पनि राति बिरुवाहरूले घटेको तापक्रम खप्न नसकेर मरेकोउक्त प्रयोगको योजना बनाउने एक वैज्ञानिकले चिनियाँ समाचारसंस्था सिन्ह्वालाई बताएका छन्।

माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म तलमाथि भइरहने चन्द्रमाको सतहको तापक्रम बिरुवा हुर्कनलाई उपयुक्त हुने अवस्थामा कायम राख्‍नु सबैभन्दा ठूलो चुनौती मानिएको छ।

यस्तो प्रयोग किन ?

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारमा चन्द्रमामा बीउ उमार्ने प्रयोगको नेतृत्व गर्ने एक प्राध्यापकलाई उद्धृत गर्दै तोरी र आलुका बीउहरू पनि उमारिएको उल्लेख छ। यो प्रयोगलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ। चीनको चांगअ फोर नामको अन्तरिक्षवाहन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो वाहन बनेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083