पाकिस्तानलाई २० अर्ब डलर दिएर आएका साउदी राजकुमारले मोदीलाई ‘ठूल्दाई’ भने

4.78K
shares

नयाँ दिल्ली। दुई दिवसीय भारत भ्रमणमा रहेका साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य स्वागत गरेका छन्। मंगलवार राती नयाँ दिल्ली आइपुगेका मोदीलाई पालम विमानस्थल गएर राजकुमार सलमानलाई स्वागत गरेका मोदीले बुधवार विहान राष्ट्रपति कार्यालयमा अंगालो हालेर औपचारिक रुपमा स्वागत गरे।

मोदीको न्यानो स्वागतपछि राजकुमार सलमानले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा मोदी आफ्नो ठुल्दाई भएको र आफू उनको सानो भाई भएको प्रतिक्रिया दिए। दुई देशको सम्बन्ध यसैगरी अघि बढ्नुपर्ने आफूहरुको चाहना रहेको उनले बताए।

राष्ट्रपति भवनमा राजकुमार सलमानलाई गार्ड अफ अनरबाट सम्मानित गरिएको थियो। राजकुमारको भ्रमणमा भारत र साउदीबीच कच्चा तेल र एलपिजीबारे ठूलो सम्झौता हुने भारतीय सञ्चारमाध्यमले जनाएको छ। साथै राजकुमार र भारतीय प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता समेत हुनेछ। यसअघि साउदी राजकुमारले पाकिस्तानको भ्रमण गरेका थिए। उनको भ्रमणका क्रममा साउदी अरबले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083