उत्तर कोरियाली नेता किम जोङले चाडै भियतनामको भ्रमण गर्ने

3.97K
shares

हनोइ । उत्तर कोरियाली नेता किम जोङ उनले भियतनामको औपचारिक भ्रमण चाँडै नै गर्न लागेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ। भियतनामको राजधानी हनोईमा अगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उनबीच हुन गइरहेको दोस्रो शिखर सम्मेलनको आतिथ्य भियतनामले गर्न लागेको छ।

केही दिनपछि नै किम जोङ उनले भियतनामको औपचारिक भ्रमण गर्न लागेका भियतनामको विदेश मन्त्रालयले शनिबार जानकारी दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीचको बहुप्रतिक्षीत पहिलो शिखर बैठक गत वर्षको जुन १२ मा सिङ्गापुरमा भएको थियो। दोस्रो शिखर बैठक भने पटक पटकको तयारीपछि यही फेब्रुअरी २७ र २८ मा भियतनामको हनोइमा हुन लागेको छ।

सोही सम्मेलनको लागि उत्तर कोरियाली नेता किम भियतनामको औपचारिक भ्रमण जान लागेका हुन्। यस बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेको भन्दा अझै सुधार आउने अनुमान गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083