बंगलादेशमा विमान अपहरण, आत्मसमर्पण गर्न नमानेपछि अपहरणकारी मारिए

3.89K
shares

एजेन्सी । बंगलादेशको सरकारी वायुसेवा कम्पनीको विमान अपहरण गर्ने व्यक्ति मारिएका छन्। सरकारी यात्रुवाहक जेट विमान अपहरणको प्रयास भएपछि चितगोंग शहरमा उक्त विमानको आइतबार आपतकालीन अवतरण गरिएको थियो। राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा १ सय ४२ जना यात्रु सवार थिए। सन्दिग्धलाई गोली हानिएको र उनको मृत्यु भएको बिबिसले लेखेको छ।

सन्दिग्धलाई आत्मसमर्पण गर्न भनिएको तर नमानेपछि गोली हानिएको सरकारी अधिकारीहरुले बताएका छन्। करिब २५ वर्षीय अपहरणकारीको नाम भने खुलेको छैन। विमान अपहरणको कारण पनि खुलेको छैन। अपहरणमा परेको विमानका यात्रु र चालकदलका सदस्य सकुशल छन्।

सोही विमानमा यात्रा गरिरहेका सांसद मोइनउद्दिन खान बादलले एक यात्रुले हतियार देखाउँदै विमान अपहरण गर्न खोजेको बताए। अपहरणकारीले विमानचालकलाई आफ्नो कुरा प्रधानमन्त्री शेख हसिनासँग गराउन भनेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083