बालाकोट आक्रमण : जैश–ए–मोहम्मदका वरिष्ठ कमाण्डर मारिएको भारतको दाबी

4.77K
shares

काठमाडौं। भारतले पाकिस्तानी सीमाको नियन्त्रण रेखा पार गर्दै आतंकवादी संगठन जैश–ए–मोहम्मदको अखडामा आक्रमण गरेको स्वीकार गरेको छ।

मंगलबार विहान पाकिस्तानी सेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) उल्लंघन गरेर भारतीय वायुसेनाले घुसपैठ गर्न खोजेको बताएको थियो। जवाफमा तुरुन्त कारवाही गरेपछि भाग्ने क्रममा केही बम खसालेको तर, कुनै मानवीय क्षति नभएको पाकिस्तानी सेनाले दाबी गरेको थियो।

लगत्तै भारतीय वायुसेनाका अधिकारीहरुले बालाकोटमा आक्रमण गरेको स्वीकार गरेका थिए। मंगलबार मध्यान्ह भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखले वायुसेनाले जैशको सबैभन्दा ठूलो तालिम केन्द्रलाई निशाना बनाएर आक्रमण गरेको बताएका छन्।

उनले भने, ‘विश्वसनीय सूचना थियो कि जैश–ए–मोहम्मद देशको दोस्रो ठाउँमा आत्मघाती आक्रमणको तयारी गरिरहेका थिए। सम्भावित आक्रमणलाई रोक्न जवाफी कारबाही जरुरी थियो।’ कारबाहीमा जैशका चरमपन्थी, प्रशिक्षक र वरिष्ठ कमाण्डर मारिएको उनले दाबी गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083