पाइलट अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय वाघा सीमामा

4.85K
shares

भारत। पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत-पाकिस्तान वाघा सीमा नाकामा हजारौं भारतीय जम्मा भएका छन्।

इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वाघा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्ता हुँदैछन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गरेका थिए।

पाइलट अभिनन्दनले उडाएको भारतीय वायुसेनाको एक लडाकू विमान पाकिस्तान नियन्त्रित काश्मिरमा दुर्घटनाग्रस्त भएको थियो। तर प्यारासुटको मद्दतबाट अभिनन्दन सुरक्षित रुपमा पाकिस्तानी भूमिमा ओर्लिएका थिए। उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।

अभिनन्दनको स्वागतका लागि वाघामा भेला भएका भारतीयहरुले बिहानै देखि राष्ट्रभक्तिका गीत सहित नाचगान गर्नुका साथै भारतको झण्डा फहराइरहेका छन्। अभिनन्दनको स्वागतका लागि उनका बाबुआमा पनि वागामा पुग्दैछन्। एजेन्‍सी


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083