चीनले फ्रान्सबाट तीन सय एअर बस किन्ने

5.43K
shares

काठमाडौं। चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ। चीन र फ्रान्सबीच ४० खर्ब रूपैयाँ बराबरको व्यापार सम्झौतामा एअर बस किन्ने सहमति गरिएको हो। फ्रान्स भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीन फिङ र फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंबीचको भेटवार्ता पछि यो सम्झौता गरिएको हो।

दुई देशबीच गरिएको व्यापार सम्झौतामा ३७ खर्ब ३६ अर्ब रूपैयाँमा चीनले फ्रान्सेली कम्पनी एयर बसका तीन सय वटा जहाज किन्ने उल्लेख छ। फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंको कार्यालयका अनुसार तीमध्ये ए ३२० सिरिजका न्यारोबडी जहाज २९० वटा र ए ३५० वाइड बडी जहाज १० वटा हुनेछन्।

इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनापछि बोइङका सो मोडलका सबै जहाज ग्राउन्डेड गरेको चीनले फ्रान्सेली कम्पनीसँग नयाँ सम्झौता गरेको हो। अरु २ खर्ब ७४ अर्बका परियोजनामा भने विकासशील देशहरूमा उर्जाको किफायती खपतका क्षेत्रमा सहकार्य र १० वटा कन्टेनर निर्माणको सम्झौता छ।

चीनले फ्रान्सेली कुखुराको मासुलाई चीनमा लगाउँदै आएको कर पनि हटाएको छ। इटाली भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी पेरिस पुगेका हुन्। यही भ्रमणका क्रममा सीले औद्योगीक राष्ट्रहरूको समूह जी-७ को सदस्य इटालीलाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा सामेल गराएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083