मेक्सिकोमा सडक दुर्घटनामा परी १४ जनाको मृत्यु

6.11K
shares

काठमाडौं । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् । बुधबार भएको यस दुर्घटनामा अरु १२ जना घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ ।

एउटा ट्रकसँग बस ठोक्किएपछि भएको आगलागीमा परी यो हताहत भएको अधिकारीहरुले जनाएका छन् । बसमा एउटै परिवारका व्यक्तिहरु रहेका थिए ।

गौन्जौटोबाट पुएर्टो भाल्लार्तातर्फ गइरहेका सो बस दुर्घटना भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
यस घटनामा घाइते भएकाहरुलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।