लिबिया संकट बारे चार देशका नेताहरुको छलफल

4.99K
shares

सिन्ह्वा । लिबियामा बढ्दै गइरहेको संकटका बारेमा विभिन्न देशका नेताहरुका बीचमा छलफल भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका उनका समकक्षी एम्यानुएल मर्कोनले आइतबार कुराकानी गरेको हो ।

टेलिफोनमा भएको कुराकानीका क्रममा उनहरुका बीचमा लिबिया संकट, युद्ध विरामको महत्वलगायतका विषयमा छलफल भएको रुसी राष्ट्रपतिको कार्यालयले जनाएको छ । कार्यालयद्धारा जारी वक्तव्यका अनुसार दुवै नेताहरुले लिबियाको संकट समाधानका लागि आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताए । संकट समाधानका लागि राजनीतिक तथा कुटनीतिक तवरबाट पहल थाल्ने र जर्मनीको राजधानी बर्लिनमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बारेमा पनि उहाँहरुले छलफल गर्नुभएको वक्तव्यमा नाइएको छ ।

पुटिन र मर्कोनले युक्रेनको द्वन्द्वका साथै इरान र सिरियाको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी गर्नुभएको थियो । यसअघि शनिबार पुटिन र जर्मन चान्सलर एञ्जेला मर्केलका बीचमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।  त्यसैगरी जर्मनी चान्सलर मर्केलले टर्कीका राष्ट्रपति रेसेप तयप एर्डोगानसँग पनि लिविया संकटका बारेमा कुराकानी गर्नुभएको छ ।

आइतबार भएको फोन कुराकानीका क्रममा उनहरुले लिबियामा हालै विकसीत घटना क्रमका बारेमा छलफल गर्नुभएको टर्कीका सरकारी अधिकारीहरुले जनाएका छन् । उनहरुले क्षेत्रीय चासो र सरोकारका विषयमा पनि कुराकानी गर्नुभएको सरकारी निकायद्धारा जारी वक्तव्यमा जनाइएको छ ।