कारागारमा भएको हत्याबारे अनुसन्धान जारी

Nepal Life Insurance Long Ad

सिन्ह्वा । मेक्सिकोको एक कारागारमा एक हप्ताअघि कैदीबीच भएको झडपको क्रममा कम्तीमा १६ कैदीको मृत्यु भएको विषयमा अनुसन्धान जारी रहेको बताइएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा सो झडप भएको थियो । उक्त झडपका कारण १६ कैदीको ज्यान जानुको साथै अरु दर्जनौँ व्यक्ति घाइते पनि भएका थिए ।

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उक्त झडपबाट धेरै व्यक्तिको ज्यान गएकोले यसको कारणको बारेमा यहाँको गृह प्रशासनले अनुसन्धान थालेको छ । प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीले जनाएका थिए । यस विषयमा अनुसन्धान जारी रहेको र केही दिनमा यसको कारण स्पष्ट गरिने बताइएको छ ।

प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार सो कारागारमा सयौँ व्यक्ति रहेकाले ठूलो क्षतिको त्रास रहेकोमा स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर नियन्त्रणमा लिएका कारण ठूलो क्षति हुनबाट रोकिएको थियो । मेक्सिकोका कारागारमा यस्ता झडपहरु समय समयमा हुने गर्दछन् । यस्ता प्राय झडपहरु लागूऔषधका कारोबारीमा संलग्न कैदीबन्दीबीच हुने गर्दछ ।


बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...