गुगलले लगायो हुवावेका एप्समा प्रतिबन्ध, हुवावे मोवाइल प्रयोगकर्ता मर्कामा

8.68K
shares

काठमाडौं ।

अमेरिकी प्रबिधी कम्पनी गुगलले चिनियाँ कम्पनी हुवावेलाई आफ्ना सेवाहरु प्रयोग गर्न रोक लगाएको छ । यो सँगै हुवावे मोबाइलका प्रयोगकर्ताहरु मारमा परेका छन् ।गगुलले गत शनिबार एक सूचना मार्फत् हुवावेलाई आफ्ना उत्पादन प्रमाणीत तथा आधिकारिक नभएम्म प्ले स्टोर तथा एप स्टोरमा उसका एप्स तथा सफ्टवेयरको अपडेट प्रयोग गर्न रोक लगाईएको जनएको छ।

कम्पनीले अमेरिकी सरकारले अनुमति दिएसँगै हुवावेका स्मार्टफोनहरुमा अपडेट दिने बताउँदै अहिलेलाई भने उसलाई स्मार्टफोनहरुमा आफ्ना मोबाइल सर्भिस तथा एपहरु इन्स्टल नगर्न सुझाव दिएको छ ।

एन्ड्रोइड हेल्प कम्यूनिटीसँगको कुराकानीमा गुगलका लिगल अफिसर ट्रिस्टान ओस्ट्रोवस्कीले अमेरिकाले हुवावेलाई अझै पनि अस्थाई लाइसेन्स जारी गरेको बताए । उनले हुवावेले अहिलेका मोडलहरुमा मात्र सेक्यूरिटी अपडेट गर्न पाउँने बताएका छन् ।


divya collage
unigloble collage