न्युयोर्कमा फार्मेसीमा पनि कोरोना परीक्षण

6.53K
shares

न्युयोर्क, एजेन्सी। 

कोभिड १९ महामारीको केन्द्रविन्दु बनेको अमेरिकी राज्य न्युयोर्कले औषधि पसरहरु अर्थात फार्मेसीलाई पनि भाइरस परिक्ष्ण गर्ने अनुमति दिने निर्णय गरेको त्यहाँको गवर्नरले बताएका छन् । गर्वनर एन्ड्रयु कुओमोले करिव ५ हजार वटा फार्मेसीलाई परिक्ष्ण अनुमति दिइने हो भने दैनिक ४० हजार जना मानिसको भाइरस परिक्षण हुनसक्ने बताएका छन् ।

अमेरिकामा ९ लाख ६० हजार जना भन्दा बढि संक्रमित भइसकेका छन् । अहिले सम्म मृत्यु हुने करिव ५४ हजार भन्दा बढि मध्ये एक तिहाइ न्युयोर्क सिटी वासिन्दा रहेका छन् । यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो समय वा प्रयासको कुनै मूल्य नरहेको भन्दै कोरोना भाइरस महामारी सम्बन्धी दैनिक प्रेस व्रिफिंग पनि नगरेको बुझिएको छ ।

ट्रम्पले शनिवारसंचार माध्यमले आफुलाई पूर्वाग्रही प्रशनहरु मात्र सोध्ने गरेको टिवटर मार्फत जानकारी दिएका छन् । संक्रमण प्रतिरोधक औषधि कोरोना संक्रमितमा प्रयोग गर्न सकिने विचार प्रकट गरेर ट्रम्प विवादमा मुछिएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083